नियम ५९
जफत भएका मालसामानको मूल्याङ्कन
जुनसुकै कारणबाट जफत भएका मेशिन, उपकरण वा मालसामान लिलाम बिक्री गर्दा सम्बन्धित मन्त्रालयबाट मूल्याङ्कन समिति गठन गरी यस नियमावली बमोजिम लिलाम बिक्री गरिनेछ । यसरी समिति गठन गर्दा कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि समेत राख्नु पर्नेछ ।